मैले Cryptocurrency सँग सम्बन्धित भिडियोहरु बनाउँदा कतिलाई लाग्दो रै'छ मैले Crypto को बिज्ञापन गरीरकेको छु मलाई समातेर थुन्नु पर्छ । यदी त्यस्तो सोच्ने हो बने नेपाल राष्ट्र बैङ्कले त झन धेरै गरेको छ भन्ने सोच्नुहुन्छ होला उहाँहरूले । बिज्ञापन गर्नु र Aware गर्नु दुई अलग कुरा हुन्, मैले गराई रहेको Aware हो । देशमा बैधानिक छैन भन्दैमा यसको कुरै गर्नु हुँदैन भन्ने छैन, ताकि यो यती लाजमर्दो कुरा होस् जुन समाजले पचाउनै सक्दैन । यसको बारेमा अर्ध मात्र जानकारी राखेर Crypto बाट टन्न पैसा कमाईन्छ (White Area) भन्ने सोच्नु र Crypto त खत्तम हो यसले देशको पैसा बाहिर लान्छ मान्छेलाई बर्बाद बनाउँछ भनेर सोच्नु (Black Area) दुबै गलत हो । यसको बिचमा एउटा Grey Area हुन्छ यो ठिक पनि हुन सक्छ र बेठीक पनि यसलाई हामीले कसरी बुझ्छौँ र कसरी प्रयोग गर्छौँ भन्ने प्रमुख कुरा हो ।
हामी नजिकका २ वटा देश China जसमा हाम्रो जस्तै बिल्कुल अवैधानिक छ भने हामी छेउको अर्को देश भारत जसमा ठूलो कर सहित नियमन गर्दै छ । यो उनिहरूको देशको कुरा हो उनिहरूको जस्तो बुझाई भयो यस्तै गरे चाईनाले आफ्नै करेन्सीको लागी तयारी गरीरहेको छ र टेस्टिङ पनि गरेको थियो सायद केही समय पहिले । भारतले यदी कसैले Crypto बाट पैसा कमाउँछ भने ३० प्रतिशत मलाइ दिनु पर्छ, घाटा भयो भने तिम्रो भनेकोछ भने र हरेक ट्रान्साक्सनमा १ प्रतिशत लिने निती छ रे चाहे त्यो घाटा नै किन नहोस् । यस्तो अवस्थामा Crypto कारोवार गर्ने मान्छे आँफै हतोस्साहित हुन सक्छन् ।
Crypto कारोबार गर्ने मान्छे कहिले घाटामा जाला कहिले फाईदामा तर घाटा र फाईदा समायोजनको कुरा नहुने हुँदा जसमा त्यो आत्मबिश्वास छ कि मैले फाईदा नै कमाउँछु भन्छ त्यसले गर्छ । Crypto एउटा मात्र नभएर हजारौँ छन् । जोखिम निकै छ यदी हामीले यसलाई राम्रो सँग बुझैनौँ र क्रिप्टो बाट फाईदा हुन्छ भनेर बुझ्यौँ अवको दुनियै यै हो भनेर बुझ्यौँ भने पनि गलत हो हैन यो त कामकै छैन भनेर बुझ्यौँ भने पनि गलत हो । मेरो बिचार मा हामीले Grey Area मा बसेर बुझ्नु पर्छ । यसो भन्दै गर्दा मैले तपाईँ सँग आत्मबिश्वास छ भने कारोवार गर्नोस् भन्न खोजेको हैन ।
पर्खिनोस् बुझ्नोस् जान्नोस् हाम्रो देशले पनि केही नियमन ल्याउला त्यतिबेला सम्म बुझेर बस्नोस् केही हुँदैन अहिले क्रिप्टोमा लगानि गर्न नपाएर तपाइँ जोगी नै पनि बन्नुहुन्न र आज लगानी गर्न पाउनु भयो भने भोलि करोडपती पनि बन्नुहुन्न ।
आजको दिन सम्म हाम्रो देशमा क्रिप्टो कारोवार अवैधानिक छ ।
यसैको बारेमा राष्ट्र बैङ्कले निकालेको सूचना पनि यहाँ छ ।
