New Buspark, Kathmandu, Nepal । Ajman, United Arab Emirates
हाम्रो सोच्ने तरीका

साधारण तया हाम्रो २ प्रकारको माईन्डसेट हुन्छ यसलाई ठ्याक्क के भन्दा ठिक होला भने । 


हामी २ तरीकाले सोच्ने दिमाख भएका मान्छे हुन्छौँ कि त फिक्स्ड कि त प्रोग्रेसिभ । यि दुई मध्ये प्रोग्रेसिभ माईन्डसेट भएका मान्छेहरूले जिवनमा राम्रो प्रगती गर्छन् । फिक्स्ड माईन्डसेट या यसरी सोच्ने दिमाख भएका मान्छेहरूः जसले यसरी सोच्छन् मलाइ जे था छ त्यो ठिक छ, मैले जे बुझेको छु त्यो नै सत्य हो, पहिले देखी जे चली आईराको छ त्यै नै सही हो, मैले धैरै पढेको छु यसको भन्दा त मलाई धैरै आउँछ, अरु मान्छेसँग सिक्दा म सानो हुन्छु, म ठूलो पोस्टको मान्छे हुँ मेरै कुरा सुन्नु पर्छ, म जे छु- छु ठिक छु म किन आँफूलाई चेन्ज गरूँ, मैले भनेपछी हुनै पर्छ, मैले बनाको चिजलाई किन नराम्रो भन्यो आदी, आदी……. । 


प्रोग्रेसीभ या यसरी सोच्ने दिमाख भएका मान्छेहरूः जसले सोच्छन् अरुको बिचार मेरो भन्दा राम्रो हुन सक्छ, अरु सँग मेरो भन्दा राम्रो आईडिया हुन सक्छ, समय अनुसार चिज परीवर्तन हुन्छन् र आँफूमा पनि परीवर्तन ल्याउनु पर्छ, हरेक मान्छेसँग सिक्नको लागी केही न केही हुन्छ मैले के सिक्न सक्छु त्यसमा फोकस गर्नु पर्छ, मान्छे सानो ठूलो पैसा, पद या शिक्षाले हुने हैन, अगाडी बढ्न नयाँ नयाँ कुरा सिकीराख्नु पर्छ आदी आदी…………..। 



 अब पालो आत्म समिक्षाको । बिचार गर्नोस् तपाइँ कुन सोच भएको मान्छे अन्तरगत पर्नुहुँदो रै’छ फिक्स्ड या प्रोग्रेसिभ । कमेन्टमा लेख्न चहानु भएको खन्डमा हामीसँग पनि शेयर गर्नोस् । शेयर गर्न चहानु भएन भने मलाई था भैसक्यो तपाइँ फिक्स्ड माईन्डसेट भएको मान्छे हुनुहुन्छ प्रगती चहानुहुन्छ भने प्रोग्रेसिभ माईन्डसेट तिर लाग्नु पर्यो । अम सुरु सुरुमा केही गार्ह्रो हुन्छ तर, बिश्वास गर्नोस् यस्तो सोचले जिवनलाई सुखी बनाउँछ । 



 मले यो कन्सेप्ट Mindset नामक पुस्तक बाट लिएको हुँ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


Math Captcha
43 − 41 =