New Buspark, Kathmandu, Nepal । Ajman, United Arab Emirates
खास मा म को ?

खासमा म को ?

मेरी बुढी कहिले काही भन्छिन् । ... उहाँ (भन्नाले म) के गर्नुहुन्छ नि भनेर कसैलाई सोध्दा के गर्नुहुन्छ भन्ने ? उनि अफिस चलाउँछिन् उन्लाई आनन्द छ मेरो चाहीँ, आँफै अलमल्ल पर्छु । भिडियो बनाउनु हुन्छ भनेर भन्यो भने मान्छेले 'ए' भन्छन् सकिन्छ हाम्लाई थाहा छ केही बुझेनन् सोचे पनि होलान् भिडियो बनाएर कसरी चल्छहोला बिचराको जिन्दगी ।
खैर जो सुकैले जे सुकै सोचुन् त्यो प्रमुख मुद्धाको कुरा रहेन कुरा रह्रो खास मा म चाहीँ को त ? खास मा भन्नु पर्दा ‘म मान्छे’ यत्ति हो तर यत्ति भनेर त नहुँदो रै’छ अझै बाउ आमाको छोरा, बुढीको बुढा, भाईको दाई, छोरीको बाउ, भतिजाको ठुलबा, बहिनिको दाजि, सासू ससुराको ज्वाई, सालाको भेना, भान्जा भान्जिको मामा, मााम माईजूको भाञ्जा, फूपू फूपाजूको भतिज, भान्दाईको भाई, साथीको लागी साथि यति हुँदा हुँदै पनि म को ? आजै म एउटा अलमल्लमा परेँ । एक जना साथिले Self Help Book लेख्नु भएको रै’छ मलाई रिभ्यू गरीदिनू पर्यो भन्नु भयो, गरेँ पनि उहाँले पछाडीको पेजमा रिभ्यू लेखेर मेरो नाम र नामको तलपट्टी आउने सायद पोष्ट भनौँ पनि लेख्न पर्यो के लेखौँ भनेर सोध्नु भयो ।

मैले म भन्छु हजुरलाई भने, अहिले सोचिराको छु के भन्ने ? खासमा मैले जागिर गर्दा अन्तिम पोष्ट मलाई कम्पनिले कर्पोरेट ट्रेनरको दिएको थियो यसो गर्दा म ट्रेनर तर म अहिले कर्पोरेटहरूलाई ट्रेनिङ दिन्न । त्यो भन्दा पहिले के के के के । म मान्छेलाई सल्लाह दिन्छु यसलाई बडो प्रोफेसनल भाषामा कन्सल्टिङ भन्छन् त्यसो भन्दा म कन्सल्टेन्ट पनि भएँ । तर मलाई कता कता आफूलाई ट्रेनर कन्टल्टेन्ट भन्दा अलिल ठूलो सुनिएला कि मान्छे ले ठूलो झकिझकाउ रेष्टुरेन्टमा मःम महंगै हुन्छ भन्ने सोच्छन् मलाई पनि त्यस्तै सोच्ने पो हुन् कि जस्तो लाग्छ, म निकै साधारण मान्छे सँधै साधारण हुन मन पराउने मैले जिवनमा धेरै मान्छेको संगत गर्दा बुझेको छु साधारण हुनुमा जुन मजा छ जिवनमा अरुमा छैन ।
त्यसैले भिडियो बनाउँदै गर्दा ‘आँफूले जानेको कुरा अरुलाई सिकाउने मान्छे’ भन्ने नयाँ टाईटल पनि आफै दिएको छु । मेरा साथीहरू फेसबुकमा जो हुनुहुन्छ र जसले मलाई राम्रो सँग चिन्नु पनि हुन्छ । के म बाहिर पनि यही टाईटल प्रयोग गर्न सक्छु ? उपयुक्त होला ? आर.पी. श्रृजन ‘आँफूले सिकेको कुरा अरुलाई सिकाउने मान्छे’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Math Captcha
+ 75 = 77